top of page

कोदोको पिठो खोज्दै हिँड्दा...


केही वर्षअघि म आफैं कोदोको पिठो खोज्दै धेरै ठाउँ पुगेको थिएँ। नेपाली पसलहरूमा पनि खोजेँ, अनलाइन पनि हेरेँ। तर घरमा गाउँमा खाने जस्तै शुद्ध, नेपाली स्वाद भएको कोदोको पिठो पाउन सजिलो थिएन।



बजारमा पाइने केही उत्पादनहरूमा त्यो आफ्नोपन र स्वाद नै महसुस हुँदैनथ्यो। त्यसैले हामीले सोचेका थियौं, यदि हामीलाई खोज्न यति गाह्रो छ भने अरू धेरै नेपाली परिवारलाई पनि यही समस्या भइरहेको होला।


त्यसै कारण अहिले हामीले हाम्रो स्टोरमा शुद्ध नेपाली कोदोको पिठो राख्न थालेका छौं। अब तपाईंले घरको स्वाद र गुणस्तरको कोदोको पिठो सजिलै पाउन सक्नुहुन्छ।



किन खाने कोदोको पिठो?


१. फाइबर प्रशस्त हुन्छ

कोदोमा फाइबर धेरै हुने भएकाले पाचन प्रक्रियालाई सहयोग गर्छ र पेट लामो समयसम्म भरिएको महसुस हुन्छ।


२. क्याल्सियमको राम्रो स्रोत

हड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्ने क्याल्सियम कोदोमा प्राकृतिक रूपमा पाइन्छ।


३. आइरनले भरिपूर्ण

शरीरमा रगतको मात्रा सन्तुलित राख्न र ऊर्जा बढाउन आइरन महत्वपूर्ण हुन्छ, जुन कोदोमा राम्रो मात्रामा पाइन्छ।



४. ग्लुटेन-फ्री

गहुँजन्य पदार्थ कम खान चाहने वा ग्लुटेनप्रति संवेदनशील व्यक्तिका लागि कोदो राम्रो विकल्प हुन सक्छ।


५. स्वस्थ जीवनशैलीका लागि उपयुक्त

कोदोको ढिँडो, रोटी, खिर वा अन्य परिकार नियमित रूपमा खानाले सन्तुलित र पौष्टिक आहारमा सहयोग पुर्‍याउँछ।

हामीलाई लाग्छ कि हाम्रा परम्परागत नेपाली खानाहरू केवल स्वादका लागि मात्र होइनन्, स्वास्थ्यका हिसाबले पनि धेरै मूल्यवान छन्।


यदि तपाईं पनि शुद्ध नेपाली कोदोको पिठो खोज्दै हुनुहुन्छ भने, अब सजिलै अर्डर गर्न सक्नुहुन्छ।



घरको स्वाद, गाउँको सम्झना, र स्वास्थ्यको साथ।


 
 
 

Comments


bottom of page